बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना

२१ भाद्र, २०७७ १७:१३ मा प्रकाशित

825 पटक पढिएको

fuel carrier in accident

काठमाडौं – आइतबार थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार आइतबार बिहान चन्द्रागिरी नगरपालिका–३ मा ना ७ ख ७३९ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको हो।

डीएसपी श्रेष्ठका अनुसार रक्सौलबाट डिजेल बोकेर आएको ट्याङ्कर पैदल यात्रु जोगाउन खोज्दा दुर्घटनामा परेको हो। पैदल यात्रु जोगाउन खोज्दा अनियन्त्रित भएर पल्टिए पनि कुनै मानवीय क्षति भने हुन पाएन। चालकको समेत सकुसल उद्धार भएको छ।

मानवीय क्षति नभए पनि चार हजार बढी डिजेल पोखिएको छ। नेपाल आयल निगमको टोली, सुरक्षाकर्मी र स्थानीयको पहल पल्टिएको ट्याङ्करलाई सडकमा झिकिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome