बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

उपत्यकामा थप ९ जनासहित देशभर १४४ जनामा कोरोना पुष्टि

३० असार, २०७७ ०६:४० मा प्रकाशित

748 Views पटक पढिएको

corona positive

काठमाडौं, ३० असार : काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना गरी सोमबार ९ जना संक्रमित भएका हुन्।

आइतबार काठमाडौं उपत्यकामा ६ जनालाई कोरोना संक्रमण भएको थियो। जसमा काठमाडौंका ५ जना र ललितपुरका एक जनामा कोरोना संक्रमण भएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना छन्।

आइसोलेसन ८ हजार एक सय ७४ संक्रमित र सम्भावित संक्रमितको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome