मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

दाङमा लकडाउन : बिहान ६ देखि १२ बजेसम्म बजार खुल्ने

२१ भाद्र, २०७७ १७:१७ मा प्रकाशित

664 पटक पढिएको

dang market

दाङ – समुदायस्तरमा कोरोनाको प्रभाव देखिएपछि एक हप्तादेखि दाङमा सुरु भएको लकडाउनको मोडालिटी फेरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार लकडाउनको मोडालिटि फेरेर आधा दिन खुला र आधा दिन लकडाउन गर्ने निर्णय गरिएको छ ।

दाङमा बिहान ६ बजेदेखि १२ बजेसम्म सार्वजनिक यातायत, होटल व्यवसाय,सिनेमा हल, क्लब बाहेकका सबै बजार खुल्ने भएका छन् भने १२ बजेदेखि लकडाउन गरिने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

सबैले बिहान ६ घन्टा बजार खोल्ने भन्ने सुझाव दिएसँगै सहमति भएपछि लकडाउनको मोडालिटि परिवर्तन गरिएको प्रजिअ रिजालले बताए । मध्यान्ह १२ बजेपछि भने फेरि नियमित रूपमा लकडाउन हुने प्रजिअ रिजालले बताए ।

बिहान ६ घन्टा खोल्दा बैंक तथा वित्तीय संस्था पनि मर्कामा नपर्ने र सबैलाई सहज हुने अनुमान गरेर यस्तो निर्णय गरिएको उनले बताए । यसमा सार्वजनिक यातायता पूर्ण रुपमा बनद गर्न र निजी सवारी साधनहरु जोर विजोरमा सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

एक हप्ता अगाडि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आइतबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । दाङमा शनिबार बेलुकासम्म कोरोना भाइरस संक्रमितको संख्या ९९२ पुगेको छ । यसमा ५० जना समुदायस्तरका संक्रमित रहेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome