शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

महामारीका बेला कालोबजारी गर्ने ३ पसललाई १ लाख १० हजार जरिवाना

२१ भाद्र, २०७७ १७:२० मा प्रकाशित

450 पटक पढिएको

retailers penalized

वीरगन्ज – कोरोनाको महामारीमा कालोबजारी गरी उपभोक्ता ठगेको भन्दै स्थानीय प्रशासनले वीरगन्जका ३ वटा पसललाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दिलिप खङखत्वेको नेतृत्वमा आइतबार खटिएको बजार अनुगमन टोलीले ३ वटा पसललाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

वीरगन्जको पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई ५० हजार तथा पानगल्लीमै रहेको न्यू संतोष जेनरल स्टोर, जय पान पसल सेन्ट र रानीघाटमा रहेको न्यू हरिओम किराना पसललाइ जनही २०/२० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक र प्रहरीसहितको अनुगमन टोलीले पानगल्ली र रानीघाटका खाद्यान्न र किराना पसलमा आइतबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती ३ वटा पसलहरुले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समान संचित गरी राखेको फेला परेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दिलिप खङखत्वेले जानकारी दिए ।

आर्थिक जरीवानाका साथै समबन्धित पसलका संचालकलाई खाद्य वस्तुहरुको कालोबाजारी तथा मूल्य वृद्धि नगरी बिक्री वितरण गर्न निर्देशन पनि दिइएको खङखत्वेले बताए । यसअघि भदौ १ गते पनि अनुगमन टोलीले वीरगन्ज बजारको अनुगमन गरी कालोबाजारी तथा मूल्य वृद्धि गरेर फलफूल बिक्री वितरण गरेको आरोपमा तीनवटा फलफूल पसललाई कारवाही गरी ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । कोरोनाको महामारीमा पसलेहरुले मुल्य वृद्धि गर्नुका साथै म्याद गुज्रिएका सामान बिक्री गरेको गुनासो उपभोक्ताहरुबाट आउन थालेपछि नियमित रुपमा बजार अनुगमन गर्न थालिएको खत्वेले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome