सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

मच्छिन्द्रनाथ घटनामा पक्राउ परेका दुई जनामा कोरोना पुष्टी

२२ भाद्र, २०७७ १५:०९ मा प्रकाशित

461 पटक पढिएको

corona positive

ललितपुर – बिहीबार मच्छिन्द्रनाथको जात्रामा ढुङ्गा हानेको अभियोगमा पक्राउ परेका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर स्रोतको अनुसार उनीहरुको रिपोर्ट आज आएको हो। त्यसदिन प्रहरीले १९ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षणका लागी पठाइएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परीसर तनावमा परेको छ।

उनीहरुलाई छुट्टै राखेपनि अन्यलाई पनि परीक्षण तथा आइसोलेसनमा राख्न समस्या भएको जनाएको छ। सरकारी वकीलको सहायता लिएर विधि प्रक्रिया अनुसार अगाडि जाने बताएको छ। उनीहरूलाई अस्पताल लैजाने वा आफन्तको जिम्मेवारी लगाएर आइसोलेसनमा राख्ने तय भएको छैन।

उक्त दिन पक्राउ परेका दत्त बहादुर देउला, सुक देउला र प्रबिण शाक्य आजै रिहा भएको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome