शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

मच्छिन्द्रनाथ घटनामा पक्राउ परेका ६ जनामा कोरोना पुष्टी

२२ भाद्र, २०७७ १६:३२ मा प्रकाशित

854 पटक पढिएको

corona positive

ललितपुर – मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना पोजिटिभ देखिएको जनाएको छ।

आइतबार दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो। अन्य ११ जनाको रिपोर्ट आउन बाँकी रहेको परीसरले जनाएको छ। उक्त समूहका तीन जना हिजो रिहा भएका थिए। बिरामी तथा कोरोना संक्रमितलाई आफन्तको जिम्मा लगाएर आइसोलेसनमा पठाइएको जनाएको छ।

आरोपितहरु सबैको रिहाई गर्नुपर्ने माग लिएर १९ जाती र ज्यापू समाजका प्रतिनिधि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

पक्राउ परेकालाई ‘सार्वजनिक शान्ति विरुद्दको कसुर’मा मुद्दा चलाइएको जानकारी प्रहरीले दिएको छ। सरकारी वकिलको राय लिएर अनुसन्धान अघि बढाइने र त्यसै अनुरुप कारवाही हुने परीसरले जनाएको छ। उनीहरुलाई बाहिरै राखेर अनुसन्धान गर्ने र मुद्दा चलाईसकेपछि कानुन बमोजिम अघि बढाइने भएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome