मंगलवार, १३ आश्विन २०७७
मंगलवार, १३ आश्विन २०७७

IT Training Nepal

उपत्यकामा ३२६ सहित देशभर थप ९७९ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३०० पुग्यो

२२ भाद्र, २०७७ १६:५२ मा प्रकाशित

249 पटक पढिएको

corona positive

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२६ सहित देशभर थप ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। यो कुल संक्रमितको ६५ प्रतिशत हो। नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। हाल ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार १७१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २० जना भेन्टिलेटरमा छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome