आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

ठुलो मात्रामा लागूऔषध सहित तीन कारोबारी पक्राउ

२३ भाद्र, २०७७ १६:२३ मा प्रकाशित

528 पटक पढिएको

drug peddlers in custody

काठमाडौं – प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

ना ३ ख ९८९ नम्बरको कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोबार गर्ने गरेको भन्ने सूचनापछि पुगेको महानगरीय अपराध महाशाखा र भक्तपुर प्रहरीको टोलीले उनीहरूलाई आज बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ का ३६ वर्षीय विष्णु प्रधान, सोही ठाउँका ३७ वर्षीय डम्बरबहादुर प्रधान र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का ३२ वर्षीय शंकर खड्का छन्।

प्रधानद्वयलाई सल्लाघारीस्थित अरनिको राजमार्गको दक्षिणतर्फको किनारामा ना ३ ख ९८९ नम्बरको कन्टेनर रोकिराखेको अवस्थामा विभिन्न प्रकारको ११ हजार ८०० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख दीपक थापले बताउनु भयो।

कन्टेनरको चालकको सिटमुनि रहेको दुई वटा जेब्रा झोलामा लुकाइरहेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको महशाखाका प्रमुख थापाले बताउनु भयो।

खड्का पनि लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने प्रधानद्वयको बयानका आधारमा खड्कालाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको अपराध महाशाखाले जनाएको छ।

drugs seized
drug peddlers

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome