मंगलवार, १३ आश्विन २०७७
मंगलवार, १३ आश्विन २०७७

IT Training Nepal

उपत्यकामा ३९६ सहित देशभर थप ९०२ जनामा कोरोना पुष्टि, २२८७ डिस्चार्ज

२३ भाद्र, २०७७ १६:५३ मा प्रकाशित

590 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ सहित देशभर थप ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१४ हजार ८६८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ८ हजार ५३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्। क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६११ नमूनाको पीसीआर परीक्षण भएको छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यो ६८ प्रतिशत हो।

यस्तै १४४ आइसीयूमा उपचार भइरहेको छ भने २३ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३०६ जनाको मृत्यु भएको छ। मंगलबार मात्रै छ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome