मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

मच्छिन्द्रनाथ घटनामा पक्राउ परेकालाई निसर्त रिहा गर्न मेयरको माग

२४ भाद्र, २०७७ १६:३२ मा प्रकाशित

443 पटक पढिएको

chiri babu maharjan

काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भदौ १८ गते पुलचोकमा भएको झडपमा पक्राउ परेकालाई निसर्त रिहा गर्न माग गरेका छन्।बुधबार विज्ञप्ति सार्वजनिक गर्दै मेयर महर्जनले यस्तो माग गरेका हुन्।

‘ललितपुर महानगरपालिकाभित्र भएको उक्त घटनामा पक्राउ परेकाहरुको निसर्त अबिलम्ब रिहाइका लागि ललितपुर महानगरपालिका प्रमुखको हैसियतले म, ज्यापु समाज र १९ वटा जातीय संघसंस्था समेतले स्थानीय प्रशासनलाई भनेको कुरा जानकारी गराउन चाहन्छु’, मेयर महर्जनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले भदौ १८ गते विधि नपुर्‍याई रथ तान्दा उत्पन्न परिस्थितिले धर्म संस्कृतिप्रेमी सबैको मनमा घाउचोट लागेता पनि भदौ २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक सौहर्दपूर्ण वातावरणमा स्वास्थ्य सतर्कता अबलम्बन गरेर रथ तान्ने काम सम्पन्न हुँदा घाउचोटमा मल्हमपट्टी लागेको विश्वास व्यक्त गरेका छन्।

सँगै उनले आफूलाई मार्ने धम्कीसहितको अभिव्यक्ति दिने सञ्जय शाक्यलाईसमेत निसर्त रिहा गर्न माग गरेका छन्। शाक्यले उत्तेजना र आवेशमा अभिव्यक्ति दिएको ठहर आफूले गरेको उनको भनाइ छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome