मंगलवार, १३ आश्विन २०७७
मंगलवार, १३ आश्विन २०७७

IT Training Nepal

उपत्यकामा ४६४ सहित देशभर थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ३१२ जनाको मृत्यु

२४ भाद्र, २०७७ १६:४६ मा प्रकाशित

573 पटक पढिएको

corona positive

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ सहित देशभर थप १०८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मंगलबार मात्रै ३९६ जनामा संक्रमण देखिएको थियो।

काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । यस्तै मन्त्रालयका होम आइसोलेसनमा ७ हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन्। क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ।

यस्तै आइसीयूमा १६२ जनाको उपचार भइरहेको छ भने २२ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन्। त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमण शून्यमा झरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome