मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

विराटनगरका पूर्व डिभिजनल इन्जिनियरविरुद्ध पौने १७ करोड भ्रष्टाचारको मुद्दा

२५ भाद्र, २०७७ १९:०२ मा प्रकाशित

455 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्ताविरुद्ध पौने १७ करोड विगोसहित मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती र आफन्तलाई पनि प्रतिवादी बनाइएको छ। इन्जिनियर गुप्ता र उनकी श्रीमती मीता गुप्ताविरुद्ध १६ करोड ७२ लाख ५६ हजार विगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन (अकुत) गरेको सम्बन्धी मुद्दा दायर गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

गुप्ताले आफन्त अन्जु कुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचनाप्रसाद शाहा, विकासप्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार लुकाई छिपाई राखेको प्रमाणित भएपछि अख्तियारले मुद्दा चलाएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome