सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

स्लिम देखिन चाहानु हुन्छ ? पहिरनमा ध्यान दिनुहोस्

२७ आश्विन २०७६, सोमबार ०८:३२ मा प्रकाशित

900 Views पटक पढिएको

clothing tips to make you look skinny

काठमाडौं, २७ असोज : स्वस्थ, सुन्दर तथा जवान देखिने चाहना हरेक व्यक्तिमा हुन्छ । अझ महिलाहरुमा त यी तीनै वटा कुराको चाहना झन् बढि नै हुन्छ । अधिकांश महिलाहरुले आफूलाई ती कुरा पाउनका लागि सक्दो मेहनत पनि गर्छन् ।

यद्यपि, व्यस्त जीवनशैलीका कारण अधिकांश व्यक्तिलाई आफ्नो फिटनेसका बारेमा ध्यान दिने फुर्सद नै हुँदैन । यस्तो बेलामा तपाईंले लगाउने पहिरन तथा अन्य एसेसरिजहरुले समेत तपाईंलाई स्लिम देखाउन सहयोग पुर्‍याउँछ ।

यहाँ हामी तपाईंको मोटोपनालाई लुकाउनका लागि के-कस्ता उपायहरु गर्न सकिन्छ भन्ने कुराको जानकारी दिँदैछौं ।

-मोटोपन लुकाउन ठूलो साइजका कपडा लगाउनु हुँदैन । कपडाको फिटिङमा विशेष ध्यान दिनु पर्छ ।

-कुर्कुच्चोसम्म लम्बाइ भएका कालो, नीलो जिन्स अथवा ट्राउजर लगाउनुपर्छ । त्यसको साथमा स्लिम फिट सर्ट, ब्लेजर अथवा ज्याकेट लगाउनुपर्छ ।

-घुँडासम्म लम्बाइ भएको पेन्सिल अथवा ए लाइनर स्कर्ट लगाउनु पर्छ ।

-केप्री पाइन्ट, लङ ब्यागी सर्ट्स, छोटा टप, धेरै टाइट ड्रेस, सेपलेस हाफ लेन्थ स्कर्ट आदि लगाउनु हुँदैन ।

-धेरै टाइट अथवा धेरै लुज पहिरन लगाउनु हुँदैन । त्यसले मोटोपना लुक्नुको साटो अझ बढी उजागर हुन्छ । त्यसैले आफ्नो शरीरलाई फिट हुने परिहनमात्र लगाउनु पर्छ ।

-मोटोपन धेरै छ भने पुरा बाहुला अथवा हाफ बाहुला भएका परिहन लगाउनु पर्छ ।

-यदि तपाईंको खुट्टा धेरै मोटा छन् भने छोटा पहिरनका साथमा गाढा रंगका स्टकिङ्स लगाउनुपर्छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting