सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

कर्णाली प्रदेशका सांसदसहित थप ११६ जनामा कोरोना पुष्टि, काठमाडौंमा थप २ संक्रमित

३० असार, २०७७ १७:११ मा प्रकाशित

376 पटक पढिएको

corona positive

काठमाडौं, ३० असार : कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा एक प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पृष्टि भएको हो ।

कोरोना संक्रमण देखिएपछि ती सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।सांसदमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम अघि बढाइएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय ९० पुगेको छ ।

काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

मंगलबार थप ११६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । सोमबार १४४ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १० हजार ३२८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर नमुना परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ७१६ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार ६९५ जनाको उपचार भइराखेको छ ।५२५ जना रेडजोनमा रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome