सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

अफगान-तालिबान ऐतिहासिक वार्ता : २० वर्षे युद्ध अन्त्य हुने अपेक्षा

२८ भाद्र, २०७७ १६:३५ मा प्रकाशित

460 पटक पढिएको

afgan taliban peace talks

दोहा – अफगानिस्तान र विद्रोही तालिबान समूहबीच कतारको दोहामा वार्ता सुरु भएको छ । यस वार्ताले अफगानिस्तानमा २ दशकदेखि जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।

अमेरिका र तालिबान समूहबीच गत वर्ष भएको सम्झौताको ६ महिनापछि अफगान प्रतिनिधि र तालिबान समूह पहिलो पटक वार्तामा बसेका हुन् । अघिल्लो वर्ष अमेरिकासँग सम्झौता भए पनि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भएको थियो ।

२००१ को सेप्टेम्बर ११ मा अमेरिकाको पेन्टागन र ट्वीन टावरमा आतंकवादी आक्रमण गरेको १९ वर्ष पुगेको अवसरमा शान्ति वार्ता सुरु भएको हो । अमेरिकाले आफूमाथि भएको त्यस हमलापछि उसले अफगानिस्तानमा सक्रिय अलकायदामाथि कारवाही सुरु गरेको थियो । सोही हमलाको बदलास्वरुप अमेरिकाले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई अपदस्थ गर्दै निरन्तर हमला गर्दैआएको हो ।

सोही समयदेखि अफगानिस्तानमा अमेरिका नेतृत्वको नेटो गठबन्धनका सेना तैनाथ छन् । यद्यपि अमेरिकाले अघिल्लो वर्ष गरेको सम्झौता अनुसार उसले आफ्ना सेना फिर्ता लैजानेछ । यही शनिबार दोहामा सुरु वार्तालाई महत्वपूर्ण र ऐतिहासिक भनिएको छ । जुन वार्ताले अफगानिस्तानमा स्थायी शान्ति र स्थिरता आउने अपेक्षा गरिएको छ ।

वार्ताको उद्घाटन सत्रमा अमेरिकासहित पाकिस्तान, भारत, टर्की, संयुक्त राष्ट्रसंघका प्रतिनिधि लगायतको उपस्थिति छ । उनीहरुले अफगानिस्तानलाई शुभकामना पनि दिएका छन् । समारोहमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियो, भारतीय विदेशमन्त्री एस जयशंकर लगायत नेताहरुले शान्ति वार्ताको सफलताको लागि शुभकामना मन्तव्य दिइसकेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome