सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

उपत्यकामा ५९७ सहित देशभर थप १०३९ जनामा कोरोना पुष्टि, हालसम्म ३४५ जनाको मृत्यु

२८ भाद्र, २०७७ १६:४३ मा प्रकाशित

472 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ५९७ सहित देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ५९७ सहित देशभर थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

आज थपिएका संक्रमितमा काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जना रहेको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर १ हजार ३९ जना कोरोना संक्रमित देखिएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रीय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७ हजार ७ सय ३०जना रहेका छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ३ सय ८७ छ ।

२४ घण्टामा ९ हजार १ सय ६५ पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ७३ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३८ हजार ६ सय ९७ छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर १ सय ६९ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २३ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ३४५ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome