सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

यस्तो हिँडाई जसले तपाईंलाई चाँडै बुढो बनाउँछ

२ कार्तिक २०७६, शनिबार ०८:२७ मा प्रकाशित

859 Views पटक पढिएको

walking tips

काठमाडौं, ०२ कार्तिक : तपाईं/हाम्रो हिँड्ने शैली एकनास हुँदैन । हिँड्न त सबै हिँड्छन् । तर, हिँड्ने शैली फरक हुन्छ । कोही द्रुत गतिमा हिँड्छन् । कोही बिस्तारै हिँड्छन् । कोही हिँड्दा फुर्तिलो देखिन्छ, कोही सुस्त देखिन्छन् । हिँड्ने शैलीबाट पनि मान्छेको पहिचान गर्न सकिन्छ, खासगरी स्वास्थ्यको सन्दर्भमा ।

मान्छेको हिँड्ने शैली उनको स्वास्थ्यसँग जोडिएको हुन्छ ।

त्यसो त उमेर ढल्कदै जाँदा हाम्रो हिँडाईको चाल कस्तो रहन्छ भन्ने कुराले पनि हाम्रो शारीरिक एवं मानसिक स्वास्थ्यको स्थिती देखाउँछ । उमेर बढेसँगै यदि हाम्रो हिँडाईको चाल धिमा हुँदै जान्छ भने यसले बुढ्यौलीको संकेत गर्छ । खासगरी चालिस बर्षपछिको उमेरसम्म पुग्दा हाम्रो हिँडाईको चाल सुस्त हुँदै गएको छ भने हाम्रो शरीरलाई चाडै बुढ्यौलीले छोप्दैछ भन्ने संकेत मिल्छ । शारीरिक मात्र होइन, मानसिक रुपमा पनि बुढो भएको संकेत हो यो ।

अमेरिकाको नर्थ क्यारोलाइनास्थित ड्युक युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले लामो समयको अनुसन्धानपछि उक्त तथ्य सार्वजनिक गरेको हो । ड्युक युनिभर्सिटीका मनोविज्ञ एवं न्यूरोसाइन्स विभागका अनुसन्धानकर्ता डा. लाइन जेएच रास्मुस्सेनको टोलीले उक्त विषयमा अनुसन्धान गरेका थिए । अनुसन्धानमा ९ सय ४ जना व्यक्ति सामेल थिए । उनको शोधपत्र ‘जामा नेटवर्क ओपन’ जर्नलमा प्रकाशित भएको छ ।

यस शोधमा न्यूजिल्यान्डस्थित डुनेडिनका व्यक्तिहरुको डुडेडिन मल्टीडिसिप्लीनरी हेल्थ एन्ड डेभलपमेन्ट स्टडीद्वारा एकत्रित डाटाको गहन अध्ययन गरिएको थियो । यस अन्र्तगत जुन व्यक्तिहरुमाथि अध्ययन गरिएको थियो, उनीहरुमाथि तीन बर्षदेखि ४५ बर्षसम्म निगरानी गरिएको थियो । साथै समय-समयमा शारीरिक तथा मानसिक स्वास्थ्यको जाँच गरिएको थियो ।

विशेषज्ञले के पाए भने जुन व्यक्तिको हिँडाईको चाल ४५ बर्षको उमेरसम्म पुग्दा क्रमस सुस्त हुँदै गएको छ, उनीहरुको बाल्यकालदेखि नै शारीरिक क्रिया र व्यवहारमा फरक थियो । उनीहरुमाथि मोटर स्किल, इमोशन एन्ड बिहेवियरल रेगुलेशनसमेत केही प्रकारका परीक्षण गरिएको थियो ।

अनुसन्धानकर्ताले अन्य परीक्षणसँगै शोधमा सामेल व्यक्तिको बडी मास इन्डेक्स, वेस्ट टू हिप रेशियो, रक्तचाप, कार्डियोरेसपाइरेटरी र फिटनेस, कोलेस्ट्रोल, ट्राइग्लिसराइड लेभल, हाइ डेनसिटी लिपोप्रोटीन कोलेस्ट्रोल लेभल, के्रटाइन क्लीयरनेस, ब्लड युरिया लेभल, सी-रिएक्टिभ प्रोटिन लेभल, ह्वाइट ब्लड सेल्स काउन्ट तथा गिजा र दाँतको परीक्षण गरेको थियो ।

एमआइआर परीक्षणमा के पाइयो भने सुस्त गतिले हिँड्ने व्यक्तिको ‘ब्रेन भोल्युम’ कम थियो र कार्टिकल थीनिंग धेरै तर कार्टिकल एरिया कम थियो । निचोडमा यस्ता व्यक्तिको मस्तिष्क उनीहरुको उमेरभन्दा चाडै बुढो भएको पाइयो ।

शोधका अनुसार सुस्त गतिले हिँड्ने व्यक्तिको कार्डियोरेसपाइरेटरी र इम्युन सिस्टम तथा दाँत र गिजारको स्थिती पनि कमजोर पाइयो, तिब्रा गतिमा हिँड्ने व्यक्तिको तुलनामा । तिब्र गतिमा हिँड्ने व्यक्तिको तुलनामा सुस्त गतिमा हिँड्नेहरुको अनुहार पनि चाडै बुढो भएको पाइयो ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting