सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

उपत्यकामा ५१२ सहित देशभर थप १,१७० जनामा कोरोना पुष्टि, ८७९ जना डिस्चार्ज

२९ भाद्र, २०७७ १६:३४ मा प्रकाशित

470 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ५१२ सहित देशभर थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर १ हजार १ सय ७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ। यस मध्ये संस्थागत आइसोलेसनमा ७ हजार २ सय ७५ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८ सय ७९ रहको छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९ हजार ५ सय ४६ छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु भएको छ।

मोरङमा कोरोनाबाट ४० वर्षीय र ७० वर्षीय दुई पुरुषको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ६१ वर्षीया महिला र ७७ वर्षीय, ६२ वर्षीय,७३ वर्षीय ८५ वर्षीय ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीय महिला, नवलपरासीकी ६३ वषीया महिला, पर्सामा ५५  वर्षीया महिला, कपिलवस्तुकी ४७ वर्षीया महिला गरी १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 

मन्त्रालयका अनुसार १७९ जनाको आइसीयूमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome