मंगलवार, १३ आश्विन २०७७
मंगलवार, १३ आश्विन २०७७

IT Training Nepal

बैतडीमा फेरि देखियो कोरोना

३० भाद्र, २०७७ १६:१८ मा प्रकाशित

594 पटक पढिएको

corona positive

बैतडी – सोमबार कोरोनाका सक्रिय संक्रमित शून्य भएको बैतडीमा मंगलबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १९ गतेपछि संक्रमण नदेखिएको बैतडीमा मंगलबार ८ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जिल्लाका ३७५ जना कोरोनामुक्त भए घर फर्केका थिए ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दशरथचन्द नगरपालिका ७ का ६ जना र डिलाशैनी गाउँपालिका ७ का २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

डिलाशैनी ७ का २ वर्षीया बालिका र २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै दशरथचन्द नगरपालिका ७ का ६ वर्षीय बालक, १० वर्षीया बालिका, १३ वर्षीया बालिका, ३२ वर्षीया महिला र ३४ र ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसिरहेका र अब उनीहरुलाई आइसोलेसनमा राखिने सम्बन्धित स्थानीय तहले जनाएका छन् । सोमबार मात्रै संक्रमित शून्य रहेका बैतडीमा मंगलबार थप ८ जनामा संक्रमण देखिएपछि जिल्लामा संक्रमितको संख्या ३८३ जनामा पुगेको छ ।

सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५२, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४५, पाटन नगरपालिकाका ४४ जनामा संक्रमण पुष्टि भईसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३३, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टी भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome