सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

सीजीका ५६ कोरोना संक्रमित कामदार सुविधायुक्त आइसोलेसनमा

३० भाद्र, २०७७ १६:२१ मा प्रकाशित

572 पटक पढिएको

cg isolation bardiya

गुलरिया – बर्दियाको बाँसगढी नगरपालिकास्थित संचालनमा रहेको सीजी फुड्समा कार्यरत कामदारलाई कोरोना संक्रमण देखिएपछि कम्पनीले सुविधायुक्त आइसोलेसनको व्यवस्था गरेको छ। कम्पनीकै खर्चमा पीसीआर परीक्षण गरिएका उनीहरुको स्वास्थ्य जाँचसहित स्थानीय होटलको सुविधायुक्त आइसोलेसनमा राखिएको छ।

कम्पनीमा कार्यरत ५६ जना कामदारमा कोरोना संक्रमण देखिएपछि सुविधायुक्त होटल लिएर कामदारहरुलाई आइसोलेसनमा राखिएको सीजी फुड्स बर्दियाका वरिष्ठ प्रवन्धक दिनेश भण्डारीले बताए । उनीहरुलाई खान, बस्नलगायतका सुविधाहरु होटलमै उपलब्ध गराइएको छ। कर्मचारी संक्रमित भएदेखि नै कम्पनीको उत्पादन बन्द गरिएको छ। उनले भने,’ महामारीको संक्रामक अवस्था हेरेर स्थानीय पालिका र प्रशासनसँग समन्वयपछि कम्पनी संचालनमा ल्याइने तयारी छ ।’

बर्दियास्थित सीजी कम्पनीमा ३ सय २७ जना कामदार कार्यरत छन् । केही कर्मचारीमा संक्रमण देखिएपछि बाँकी कर्मचारी होम क्वारेन्टाइनमा छन् । उनले थपे,’ कम्पनीमार्फत दैनिक १४ हजार कार्टुन चाउचाउ उत्पादन हुन्छ । स्वास्थ्य महामारी फैलिएपछि कम्पनी बन्द छ ।’

जिल्लामा सीजी संचालनसँगै स्थानीयले रोजगारी पाएका छन् । बर्दिया र नवलपरासीका स्थानीय लसुन, प्याज, गहुँ, आलुलगायतका किसानका ३० लाख केजी कृषि उपजहरु कम्पनीले खपत गर्ने गरेको भण्डारीले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome