बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

यस्तो घर जहाँ १० घण्टा बिताउँदा पाइन्छ २२ लाख पुरस्कार

१६ कार्तिक २०७६, शनिबार ०८:३१ मा प्रकाशित

872 Views पटक पढिएको

काठमाडौं, १६ कार्तिक : भूतघर अर्थात् हन्टेड हाउसका बारेमा धेरै कथा, कहानी तथा फिल्महरु पनि देख्नु सुन्नु भएकै होला । यस्ता हन्टेड हाउसका प्रसंगले मनमा डर, रोमाञ्चकता तथा मनोरञ्जन सिवाय अरु दिने केही होइन । तर अमेरिकामा चाहिँ एउटा यस्तो भुतघर खोलिएको छ, जसमा तपाईंले डरत्रासको मज्जा मात्र होइन पैसा पनि कमाउन सक्नुहुनेछ ।

टेनिसीको समरटाउनमा स्थापित उक्त हण्टेड हाउसमा १० घण्टा बिताउन सक्नुभयो भने करीब २२ लाख रुपैयाँको पुरस्कार तपाईंको झोलीमा पर्नेछ ।

उक्त हण्टेड हाउसको नाम हो, ‘मे मी म्यानर’ । यो भुतघर भित्रको दृश्यहरु इति भयानक छन् कि त्यहाँ कुनै पनि मानिसका लागि १० घण्टा बिताउनु असम्भव प्रायः जस्तै हुन्छ । तर यदि जसले हिम्मत जुटाएर हण्टेड हाउसभित्र १० घण्टा बिताउँछ उसले २० हजार डलर पुरस्कार पाउँदछ ।

यो हण्टेड हाउसभित्र छिर्नु अगाडि जो कोहीले पनि ४० पेजको करारनामा गर्नुपर्दछ, ता कि भित्र डरका कारण केही भएमा स्वयं व्यक्ति नै जिम्मेवार हुन्छ । साथै घरभित्र जाने मानिसको उमेर २१ वर्षभन्दा कम हुनुहुँदैन । यसका साथै आफू स्वस्थ रहेको मेडिकल सर्टिफिकेट पनि पेश गर्नुपर्दछ ।

यतिमात्र कहाँ हो र, करारनामामा यतिधेरै कडा शर्तहरु हुन्छन् कि घरभित्र छिरिसकेपछि गम्भीर रुपमा शारीरिक वा मानसिक चोट नपरेसम्म बाहिर निस्किन पाइँदैन ।

हण्टेड हाउसभित्र छिरिसकेपछि धेरै मानसिक तथा शारीरिक त्रासदीहरुको सामना गर्नुपर्दछ । त्यसक्रममा मान्छेलाई रिस पनि उठ्नसक्छ, तर रिसलाई नियन्त्रणमा राख्नुपर्दछ ।

घरभित्र भूतका मूर्ति मात्र होइन डरलाग्दा पहिरनमा रहेका अन्य मानिसहरुले समेत अचानक अगाडि पछाडि आएर डरलाग्दो वातावरण सिर्जना गर्नेछन् । यसले मानिसलाई साँच्चीकै भूतको फेला परेको भान हुनेछ ।

उक्त हण्टेड हाउसका मालिकका अनुसार अहिलेसम्म कोहीपनि व्यक्तिले उक्त घरभित्र १० घण्टा बिताउन सकेको छैन ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting