बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

थप १,५३९ जनामा कोरोना पुष्टि, हालसम्म ३७९ को मृत्यु

३१ भाद्र, २०७७ १७:०४ मा प्रकाशित

860 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका १६ हजार २ सय ४२ सक्रिय संक्रमित छन्। यस्तै संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना रहेका छन्। क्वारेन्टाइनमा ७ हजार ८ सय २० जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ।

बुधबार कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट हालसम्म ३ सय ७९ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome