बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

काठमाडौंका बजार खुलेपनी यातायातमा जोरबिजोर प्रणाली कायमै

१ आश्विन, २०७७ ०७:२५ मा प्रकाशित

797 पटक पढिएको

streets in kathmandu

काठमाडौं : असोज १ गतेदेखि काठमाडौंका बजार खुलेपनी यातायातमा भने जोरबिजोर प्रणाली कायमै रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १ गतेदेखि पनि यातायातमा जोरबिजोर प्रणाली कायमै रहने निर्णय गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले जारी गरेको आदेशमा अर्को आदेश नभएसम्मका लागि यातायात साधनमा जोरबिजोरी प्रणाली कायम रहने उल्लेख छ।

‘काठमाडौं जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोरबिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्नुपर्नेछ’, सीडीओ कार्यालयको आदेशमा भनिएको छ, ‘अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुनेछैन।’

बजार पसल खुल्ने भए पनि भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पाइने छैन।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome