बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ६१८ सहित देशभर थप १,२४६ जनामा कोरोना पुष्टि, १,२४३ डिस्चार्ज

१ आश्विन, २०७७ १६:४१ मा प्रकाशित

653 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ सहित देशभर थप १,२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

उपत्यकाभित्र काठमाडौंका ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

१६ हजार २४१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ३३८ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ८८३ जना रहेका छन्।

मन्त्रालयका अनुसार १८२ जनाको आइसीयूमा र ३९ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।

पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७२ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।

कोरोनाले २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।

मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome