शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ८५९ सहित देशभर थप दुई हजार २० जनामा कोरोना पुष्टि, हालसम्म ३९० जनाको मृत्यु

२ आश्विन, २०७७ १६:४७ मा प्रकाशित

787 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ सहित देशभर थप दुई हजार २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार देशभर १७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ८८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।

मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला र रसुवामा संक्रमितको शून्य संख्य रहेको छ। यस्तै मन्त्रालयका अनुसार आइसीयूमा १७३ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ।

कोरोनाले २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome