बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ७११ सहित देशभर थप १,२०४ जनामा कोरोना पुष्टि, १,४४७ जना डिस्चार्ज

३ आश्विन, २०७७ १६:३७ मा प्रकाशित

756 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ सहित देशभर थप १२ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ५७० , भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा देशभर थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार देशभर १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १४४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २३६ पुगेको छ।

मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ,  डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

यस्तै मन्त्रालयका अनुसार आइसीयूमा १७९ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ।

कोरोनाले पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome