शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

कालिकोटका वडाध्यक्षमाथि बलात्कारको आरोप

३१ असार, २०७७ ०६:३३ मा प्रकाशित

513 पटक पढिएको

rape illustration

कालिकोट, ३१ असार : खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।

पीडितका आफन्तले मंगलबार प्रहरीमा उनीविरुद्ध उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् ।

पीडित किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैले दाई जस्तै माने । एक दिन बिद्यालयबाट घर फर्किदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’ केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरी माथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो ।

घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् । वडाध्यक्षले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका बताइएको छ । शाही नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलीका अनुसार वडाध्यक्ष शाहीविरुद्ध मुद्दा दर्ता भएको छ । आफू विरुद्ध प्रहरीमा उजुरी पुगेपछि वडाध्यक्ष शाही सम्पर्कविहीन छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome