शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ६७४ सहित देशभर थप १,१५४ जनामा कोरोना पुष्टि, १००५ डिस्चार्ज

५ आश्विन, २०७७ १६:५२ मा प्रकाशित

652 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ सहित देशभर थप १,१५४ जनामा जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसंगै कुल संक्रमितको सख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार १७ हजार ६११ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन्।

२४ घण्टामा १ हजार ५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ।

कोरोनाले २४ घण्टामा १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome