सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

चन्द्रमामा जान जापानी अर्बपति युसाकु गर्लफ्रेन्डको खोजीमा

२८ पुष २०७६, सोमबार १८:११ मा प्रकाशित

796 Views पटक पढिएको

japanese billionaire yusaku maezawa

टोक्यो, २८ पुष : जापानी अर्बपति युसाकु मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् ।

‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरेका हुन् ।

सार्वजनिक रुपमै उनले आवेदन दिन आग्रह गरेका छन् । यस अभियानलाई प्रवद्र्धन गर्न उनले आफ्नो वेबसाइट मार्फत जानकारी दिने गरेका छन् । जसले यो पुष्टि गर्छ कि उनी केवल साथी खोजिरहेका छैनन्, उनलाई साथ दिने सहयात्री खोजिरहेका छन् ।

मेजावाको अन्तरिक्षमा पुग्ने लामो समयदेखिको आयोजित सपना हो । उनी विशेष व्यक्तिसँग विशेष ठाउँमा जान चाहने भन्दै २०२३ मा उनलाई चन्द्रमा पठाइने भएको हो । मेजावाले सहयात्रीका लागि २० वर्ष भन्दा माथिका अविवाहित महिला हुनुपर्ने भन्दै मापदण्ड पनि तोकेका छन् ।

उनले ‘जीवनको पूर्ण आनन्द लिन चाहने र विश्व शान्ति चाहने महिलाले निवेदन दिन सक्ने’ भन्दै आह्वान गरेका छन् । मेजाव जापानको सबैभन्दा ठूलो अनलाइन रिटेलर जाजो टाउनका संस्थापक हुन् । फोब्र्सको सबैभन्दा पछिल्लो अनुमान अनुसार उनीसँग कूल २ बिलियन डलरको सम्त्ति छ । सन् २०१७ मा जीन माइकल बास्वाइटको चित्रकलाका लागि उनले ११.५ मिलियन डलर निकासा गरेका थिए । उनी एक उत्साही कला कलेक्टर पनि हुन् ।

मेजाव अहिले यही नँया प्रकारको प्रतिस्पर्धा गराउन व्यस्त छन् । अर्बपति मेजाव आफ्नो वेबसाइट मार्फत् महिलाको खोजी गरिरहेका हुन् । कम्पनी चलाएको दुई दशकपछि अब उनले आफ्नो जीवन कसैसँग बाँड्न चाहने बताइएको छ ।

‘जब एक्लोपन र शुन्यताका भावना बिस्तारै म माथि बढ्न थाल्छन्, त्यहाँ म एउटा कुरा मात्र सोच्छु, एक महिलालाई प्रेम गरिरहने,’ मेजावले भनेका छन् । उनको सहयात्री बन्न आवेदन दिने मिति जनवरी १७ सम्म तोकिएको छ । र छनोट जनवरीको अन्त्यसम्ममा सुरु हुनेछ । यसरी मार्चको अन्तिममा उनले निर्णय लिने बताइएको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting