मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

उपत्यकामा ६३७ सहित देशभर थप १,१७२ जनामा कोरोना पुष्टि, १,८९३ डिस्चार्ज

७ आश्विन, २०७७ १६:४४ मा प्रकाशित

360 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ सहित देशभर थप १,१७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६३७ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ५० र ललितपुरका ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर ११ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार देशभर १७ हजार ४१४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् भने होम आइसोलेसनमा ९ हजार १८६ जना छन्। क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा १८ सय ९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७३ दशमलव ७ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ। आइसीयूमा २२० र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ।

बुधबार सात जनाको कोरोनाले मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome