बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

२५ हजारभन्दा बढी संक्रिय संक्रमित भए लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

७ आश्विन, २०७७ १७:१६ मा प्रकाशित

811 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए।

‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दाबन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’

सँगै संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना नभएका विभिन्न क्षेत्र अझै एक महिनासम्म बन्द गर्ने निर्णय गरेको छ। आईसीएसको बैठकले एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता गौतमले बताए ।

‘कोरोना संक्रमण दर तीब्र रुपमा बढ्दै जाँदा सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, प्रवक्ता गौतमले ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

.चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन साउन १ गतेसम्म भएको थियो। त्यसपछि जोरबिजोर प्रणालीमा केही खुकुलो बनाएपछि संक्रमण तिब्र बढेको भन्दै एक महिनासम्म निषेधाज्ञा गरिएको थियो।

निषेधाज्ञाप्रति आक्रोश बढ्दै गएपछि सरकारले जनजीवनलाई सहज बनाउने भन्दै अहिले अधिकांश क्षेत्र खुला गरेको छ। निषेधाज्ञाको अन्त्य भएसँगै संक्रमणदर बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि मन्त्रालयले २५ हजार बढी सक्रिय संक्रमित भएमा लकडाउनको सिफारिस गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए।

अहिले देशभर १७ हजार ४१४ जना संक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome