सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

२०२० मा धेरैको ध्यान तान्दै गोलो स्मार्टफोन

४ माघ २०७६, शनिबार १७:५१ मा प्रकाशित

889 Views पटक पढिएको

cyrcle phone presents round smartphone

काठमाडौं, ०४ माघ : सिइएस २०२० मा राखिएको गोलो आकारको (सारकल फोन) स्मार्टफोनले धेरैको ध्यान तानेको छ । अमेरिकाको स्टार्टअपले यस हप्ता सिइएसमा यो स्मार्टफोन प्रदर्शनीमा राखेको हो । लस भेगसमा आयोजित प्रदर्शनीमा अन्य उत्पादन मध्य सारकल निकै विचित्र किसिमको उत्पादन रहेको छ ।

यसको मूल्य ७ सय अमेरिकी डलर रहेको छ । यस किसिमको डिजाइनको टु जी मोबाइल फोन यस अघि २०१६ मा आएको थियो ।

३.५ इन्चको गोलो आकारको मोबाइलमा टच स्क्रिनसहित नाइन अपरेटिङ सिस्टमको व्यवस्था गरिएको छ । मोबाइलमा अगाडि र पछाडि १३ मेगा पिक्सेलको क्यामरा छ । विशेष गरी यो मोबाइल सानो हात भएको व्यक्तिहरूको लागि बनाइएको हो ।

दुईवटा सिमको प्रयोग गर्न सकिने यो मोबाइलमा २ वटा हेडफोन ज्याकको सुविधा छ । यसमा २ जी बि र्‍याम, १६ जी बि को स्टोरेज र दुई हजार एमएचको ब्याट्री प्रयोग गरिएको छ ।

सार्कल कम्पनीका सिइओ क्रिस्टिना सायरका अनुसार, अन्य विभिन्न गेमिङ एपलाई यो गोलाकारमा फिट गर्न केही काम भने भइरहेका छन्।

सार्कल फोनमा एप्पल आइफोन तथा स्यामसुङ ब्रान्डमाभन्दा फरक किसिमको सिस्टम राखिएको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting