मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

उपत्यकामा ७५५ सहित देशभर थप १,४९७ जनामा कोरोना पुष्टि, २४ घण्टामा १७ जनाको मृत्यु

८ आश्विन, २०७७ १७:०३ मा प्रकाशित

666 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ७५५ सहित देशभर थप १,४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। काठमाडौंका ६०९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५० प्रतिशत उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ भने देशभर १७ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। काठमाडौंमा तीन पुरुषसहित चारजना, भक्तपुरमा एक महिला र एक पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिले देशभर १८ हजार ४३७ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा हुनेको संख्या ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ रहेका छन् ।

क्वारेन्टाइनमा अहिले ६ हजार ५६५ जना रहेका छन्। २२३ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २८ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ ।

लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि सहरी क्षेत्रमा कोरोना संक्रमण तीब्र रुपमा बढेको प्रवक्ता गौतमको भनाइ छ । घना बस्ती भएका सहरमा भौतिक दूरीको पालना नहुँदा संक्रमण बढेको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र बाहिर निस्कन सबैलाई सुझाव दिएका छन् ।

यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५० हजार ४११ पुगेको हो । मन्त्रालयका अनुसार यो निको हुनेको संख्या ७२ दशमलव ७ प्रतिशत हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome