८ आश्विन, २०७७ १८:५६ मा प्रकाशित
1666 पटक पढिएको
शितल गिरी
काठमाडौ – पछिलो समयमा नेपालमा बलात्कारको घटना बढ्दो मात्रामा पाईएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गरएको तथ्यांक अनुसार २०७६ साल चैत्र महिनादेखि २०७७ साल श्रावण मसान्तसम्ममा प्रदेश नम्बर १ मा सबै भन्दा बढी बलात्कारको घटना भएको देखाएको छ । चैत्र महिनामा ३४, बैशाखमा ३४, जेष्ठमा ५८, आषाढमा ५० र श्रावण महिनामा ६० जना गरी जम्मा २ सय ३६ जना बलात्कृत भएका थिए ।
त्यसैगरी प्रदेश नम्बर २ मा चैत्र महिनामा १५, बैशाखमा २४, जेष्ठमा १७, आषाढमा ३५ र श्रावणमा ३९ जना बलात्कृत भएका थिए ।
बागमतीमा चैत्र महिनामा २०, बैशाखमा १७, जेष्ठमा ३३, आषाढमा २१ र श्रावण महिनामा ३८ गरी जम्मा १ सय २९ जना रहेका छन् ।
उपत्यकामा चैत्रमा १५, बैशाखमा ११, जेष्ठमा १६, आषाढमा ३३ र श्रावण मा १९ जना गरी जम्मा ९३ जना रहेका छन् ।
गण्डकी प्रदेशमा चैत्रमा ८, बैशाखमा ८, जेष्ठमा १६, आषाढमा १९ र श्रावणमा १९ गरी जम्मा ७० जना छन् ।
प्रदेश नम्बर ५ मा चैत्र महिनामा १९, बैशाख २९, जेष्ठ ३२, आषाढमा ३८ र श्रवण महिनामा ४६ गरी जम्मा १ सय ६४ जना र्हेका छन् ।
कर्णाली प्रदेशमा चैत्र महिनामा ९ जना, बैशाखमा १४, जेष्ठमा ५, आषाढमा १४ र श्रावणमा १७ जना गरी जम्मा ५९ जना बलात्कृत भएका थिए ।
त्यसैगरी सुदुर पश्चिममा चैत्र महिनामा १४ जना, बैशाखमा १५ जना, जेष्ठमा २३ जना, आषाढ्मा २५ जना र श्रावण महिनासम्म जम्मा ९८ जना गरी नेपालभर ९ सय ७९ बलत्कारका घट्ना भएको प्रहरी तथ्यांकले देखाएको छ । बलत्कार घटनामा पिडित हुनेहरु अधिकांश २० बर्षभन्दा मुनिका किशोरीहरु रहेको पनि तथ्यांकले देखाएको छ ।
महिला राष्ट्रपती भएको हाम्रो देश नेपालमा किशोरी र महिला माथी हुने हिंसा बढी हुनु बिडम्बनाको कुरा हो । समाजमा रहेका एक पक्ष बलात्कार जस्तो अपराध बढनुको मुख्य कारण भनेको कानुन नै फितलो हुनु बताउँछन् ।
यदि बलात्करीलाई मृत्यु दण्डको सजाए व्यवस्था भएको खण्डमा यस्तो घटनामा कमि आउन सक्ने धारणा रहेको पाइन्छ । अर्को पक्षले भने यस्तो अपराध रोकथामको लागि उचित शिक्षा र जनचेतना अभिवृद्धी गर्नु नै उत्तम उपाय हुने धारणा राख्दै आएका छन् । समय-समयमा विभिन्न सरोकारवाला संस्थाहरुले यस बिषयमा आवाज उठाउँदै आए पनि सरकारले यस विषयमा प्रभावकारी कदम चाल्न नसकेकोले बेला बेलामा सरकारको आलोचना समेत हुँदै आएको छ ।
बलात्कार जस्तो अपराधको न्युनिकरण गर्न सरकारले समाजमा भएका नकारात्मक सोच बिचार भएको मानिसहरुको सोचलाइ सकारत्मक बनाउने खालको कार्यक्रम ल्याएर स्वच्छ समाजको निर्माण गरी स्वच्छ वातावरणको समाज निर्माण गर्न जरुरी देखिन्छ।