सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

५ वर्ष अघी हत्या गरी फरार अभियुक्त पक्राउ

९ आश्विन, २०७७ ११:४४ मा प्रकाशित

731 पटक पढिएको

murderer in custody

काठमाडौं – महानगरीय अपराध महाशाखाको विशेष टोलिले एक जना फरार अभियुक्तलाई काठमाडौंको मैतिदेवीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराह जिल्ला विष्णुपुर गाउपालिका वडा नम्बर ५ लक्ष्मीपुर घर भइ काठमाडौंको मैतिदेवी बस्दै आएका बर्ष २४ का रविकुमार यादब रहेका छन् ।

निजले मिति २०७२ साल बैशाख १ गते बिहान ९:३० बजेको समयमा ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेले फैडोल सामुदायिक वनमा सुनसरी जिल्ला इटहरी नगरपालिका ४ घर भइ ललितपुर चापागाउँ बस्ने वर्ष २४ कि आरती परियारको घाँटिमा धारिलो हतियार प्रहर गरी हत्या गरेर ५ बर्ष देखि फरार भएका थिए ।

अपराध महाशाखाको विशेष टोलिले यहि असोज ८ गते दिउँसो १ बजे काठमाडौंको मैतीदेवीबाट पक्राउ गरेको हो । फरार अभियुक्त यादब हत्या पछि भारतको बैङ्ग्लोरमा लुकेर बस्दै आइरहेको थियो । केही दिन यता नेपाल फर्केको सुचना पाएपछि अपराध महाशाखाले निगरानी बढाएको थियो ।

पक्राउ परेका अभियुक्त यादबलाइ अनुशन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome