बुधबार, १२ कार्तिक २०७७
बुधबार, १२ कार्तिक २०७७

IT Training Nepal

नक्कली नोट कारोबारी पक्राउ

९ आश्विन, २०७७ १५:२९ मा प्रकाशित

1042 पटक पढिएको

fake notes

काठमाडौं – महानगरीय प्रहरी परिसर ललितपुरको टोलिले नक्कली नोट दिएर सुनको गहना लिई फरार रहेका दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २१ टेकु घर भई हाल भक्तपुर सल्लघारी बस्दै आएका बर्ष २६ का एक्युज तुलाधर र काठमाडौंको ज्याठा असन निवासी बर्ष २७ का अभय महर्जन रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राइले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले गत असोज १ गतेका दिन डम्बर बहादुर रिजालको ललितपुर नखिपोट स्थित जय मा दुर्गे जेम्स एण्ड ज्वेलरि हाउसमा गई ४ तोला ६५ लाल वजनको ३ वोटा गहना जोख्न लगाइ १ हजार दरको ४ सय ६५ थान नोट दिएर बिल बनाउँदै गर्दा उनिहरु गहना लिएर फरार भएका थिए ।

fake note caught at jewelry shop

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त नोटहरु बरामद गरेको हो।

बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट राखेको फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख राइले बताउनु भयो ।

पक्राउ परेकाहरु माथी थप अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome