शुक्रबार, ७ कार्तिक २०७७
शुक्रबार, ७ कार्तिक २०७७

IT Training Nepal

उपत्यकामा ६४५ सहित देशभर थप १,३१३ जनामा कोरोना पुष्टि, १,४५५ डिस्चार्ज

९ आश्विन, २०७७ १६:५५ मा प्रकाशित

656 पटक पढिएको

corona positive

काठमाडौं पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ सहित देशभर थप १,३१३ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १३ सय १३ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

देशभर १८ हजार २८९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ५२ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ४६४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो।

मन्त्रालयका अनुसार आइसीयूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ।

नेपालमा कोरोनाबाट हालसम्म ४५९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण काठमाडौं उपत्यकाका २ सहित देशभर ६ जनाको मृत्यु भएको छ।

मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome