१० आश्विन, २०७७ ०७:१६ मा प्रकाशित
2499 पटक पढिएको
काठमाडौं – आफ्नै श्रीमतीमाथी जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेल पक्राउ परेका छन् ।
काठमाडौं प्रहरीले आरोपितलाई असोज ९ गते बेलुकि टेकुस्थित निजले सञ्चालन गरेको लाइफलाइन सर्जिकल सप्लायर्सको कार्यालयबाट पक्राउ गरेको हो ।
पिडित महिलाले गत असोज २ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा श्रीमान आशिष प्याकुरेल बिरुद्द जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् ।
श्रीमान आशिषले बाहिर परस्त्रीहरुसँग सम्बन्ध राखेर आफूमाथी लामो समयबाट घरेलु हिँसा देखि जबर्जस्ती करणीसम्म गरेर पिडित बनाएकोले बाध्य भई न्यायको लागि प्रहरीसम्म पुग्नुपरेको पिडित युवतीले बताएकी छिन् ।
इटहरी २ की पिडित युवतीले ४ बर्ष अगाडि रामधुनी १ का आशिष प्याकुरेलसँग घरपरिवारकै सल्लाहमा प्रेम विवाह गरेकी थिइन्। जबरजस्ती करणिको आरोपमा पक्राउ परेका आशिष प्याकुरेललाई आवश्यक कारवाहिको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।