सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

देशमा प्रहरीकाेभन्दा राम्रो नेटवर्क ब्यापारीकाे छ : बागलुङ प्रहरी प्रमुख

१० आश्विन, २०७७ ०८:१४ मा प्रकाशित

781 पटक पढिएको

baglung police chief lokendra shrestha

थम्मन थापा

बागलुङ – बागलुङ उद्योग बाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका नव नियुक्त प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठलाई एक कार्यक्रम गरी स्वागत गरेको छ ।

नव नियुक्त जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठले प्रहरीकाेभन्दा देशमा राम्रो नेटवर्क ब्यापारीकाे भएको नेपाल पहिलो देश भएको बताए । प्रहरी नपुग्ने ठाउँमा पनि ब्यापार गर्ने ब्यापारी भएको हुदा प्रहरीकाे भन्दा बढी नेटवर्क भएको संस्था ब्यबसायी भएको हुदा प्रहरीलाइ सहयोग गर्न श्रेष्ठले आग्रह गरेका थिए । शान्ति सुरक्षा र अपराध नियन्त्रणकाे लागि प्रहरीकाे सक्रियतामा कुनै कमि आउन नदिने प्रहरी प्रमुख श्रेष्ठले बताए । असफलता बिचबाटै सफलता खाेज्ने भएको हुदा जस्तोसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने श्रेष्ठले बताए ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले ब्यबसायी र प्रहरी बिच सहकार्य गरेर अगाडि बढेकाे खण्डमा दुबै पक्षयलाइ फाइदा पुग्ने बताए । बागलुङ बजारको शान्ति सुरक्षाको लागि बागलुङ नगरपालिका संग सहकार्य गरी सिसि क्यामेरा जडान गर्ने भए पनि अहिले नगरपालिका संग सहकार्य गर्न नसक्दा समस्या भएको अध्यक्ष राजभण्डारीले बताए । बागलुङ जिल्ला लाई राम्रो बनाउन प्रहरी प्रशासनलाई सहयोग गर्न सधैं तयार रहेको अध्यक्ष राजभण्डारीले बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारी , महिला उद्घमी संघका अध्यक्ष भगवती केसी लगायतका बक्ताहरूले प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गर्दै काेराेना भाइरसले सबै क्षेत्रमा प्रभाव पारेको हुदा यसबाट मुक्त हुन सबैले भुमिका खेल्न जरुरी रहेको धारणा राखेका थिए ।

बक्ताहरूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैले सकारात्मक भुमिका खेल्न जरुरी रहेको प्रहरी प्रशासनलाई सहयोग गर्न तयार भएको धारणा राखेका थिए । कार्यक्रमकाे अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्माले धन्यवाद ज्ञापन र संचालन महासचिव नरेश कडेलले गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome