शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

बुद्धभूमि नगरपालिकाका वडाध्यक्षको निधन

१० आश्विन, २०७७ १३:३९ मा प्रकाशित

620 पटक पढिएको

dead body

कपिलवस्तु – कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उहाँ तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

दीर्घरोगबाट ग्रसित उहाँको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

यसअघि गत भदौ १४ गते यसै नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome