सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

बुटवलमा बाढीको विध्वंस

१० आश्विन, २०७७ १६:३३ मा प्रकाशित

549 पटक पढिएको

flood in kathmandu

बुटवल – शुक्रबार राती वर्षाका कारण आएको बाढीले बुटवल–४ लक्ष्मीनगरमा बाख्रा, कुखरा र सवारी साधन बगाएको छ। वर्षासँगै जंगलतिरबाट आएको बाढीले स्थानीय भुमिकला सुवेदीको घर अगाडी रहेका ५ वटा बाख्रा बगाएको छ। सोही ठाउँका इन्द्रबहादुर कार्कीको ११ वटा कुखुरा सहितको खोर बगेको छ।

दिपक बलामीको लु १० प ९३९ नम्बरको मोटरसाइकल र लु ३१ प ८७१० नम्बरको स्कुटी समेत बगाएको छ। मोटरसाइकल केही तल फेला परेपनि स्कुटीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यसैगरी बाढीले बुटवल ११ को बुद्धनगरबाट मजुवा जाने सडक पनि भत्किएको छ। मजुवा नजिक ५० मिटर सडक भत्किएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए। बाढीले कटान रोक्न लगाइएको जाली र एउटा बिजुलीको पोल पनि भत्काएको छ। फेरि बाढी आएमा एउटा घर भत्किन सक्ने वडाध्यक्ष क्षेत्रीले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome