शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

किन लेखे सन्दीपले मध्यराति यस्तो स्टाटस ?

११ आश्विन, २०७७ १२:५५ मा प्रकाशित

637 पटक पढिएको

sandeep lamichhane in IPL 2020

कपिल शर्मा अधिकारी

काठमाडौं – नेपाली लेगस्पिनर सन्दीप लामिछाने अहिले इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्नका लागि यूएईमा छन्। उनी सीपीएल खेलेर वेष्ट इण्डिजबाटै आइपीएलका लागि यूएई पुगेका थिए।

लगातार तेस्रो पटक दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले सुरुवातका दुबै म्याचमा प्लेइङ-११ मा मौका पाएनन्। लगातार दुई म्याच जितेको दिल्लीले तेस्रो खेलमा पनि उनलाई प्लेइङ-११ मा मौका दिने सम्भावना कम छ।

जारी सिजनमा उत्कृष्ट लयमा देखिएको दिल्लीलाई यो पटक उपाधि दाबेदार टिमको रूपमा हेरिएको छ। लगातार बेन्चमा बसेका नेपाली स्टार क्रिकेटर सन्दीप प्लेइङ-११ मा स्थान बनाउन नेट प्राक्टिसमा निकै व्यस्त छन्।

उनलाई दिल्लीले प्लेइङ-११ मा मौका नदिएको भन्दै सन्दीपका समर्थकले टिमलाई चर्को दबाब दिइरहेका छन्। समर्थकको चर्को दबाबकाबीच शनिबार मध्यराति सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा दुई शब्दको स्टाटस पोस्ट गरेका छन्।

स्टाटसमा उनले भनेका छन्, ‘फ्रेस जर्नी।’ उनले कुन कोणबाट स्टाटस पोस्ट गरे होलान्?

धेरैको अनुमान छ- सन्दीपले दिल्ली टिममा राम्रो वातावरण पाएका छन्। साथै, कतिपयले सन्दीपले अर्को खेलमा मौका पाउने आश्वासन पनि पाएका हुनसक्ने अनुमान गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome