मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

११ आश्विन, २०७७ १५:४५ मा प्रकाशित

446 पटक पढिएको

krishna prasad sitaula

काठमाडौं – पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो । आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए । तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome