सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

कोरोना महामारीकाबीच खुल्न थाले दाङका विद्यालय

११ आश्विन, २०७७ १६:३६ मा प्रकाशित

815 पटक पढिएको

school illustration

दाङ – कोरोना महामारीकाबीच दाङका विद्यालय खुल्न थालेका छन्। जिल्लामा २०० जना कोरोना संक्रमित उपचारत छन्। तर पनि विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् । विद्लाय संचालनमा आएसँगै कोरोना कहरका कारण ६ महिनादेखि ठप्प भएको शैक्षिक गतिविधि जुरमुराउन थालेको हो । जिल्लामा रहेका १० स्थानीय तहले आ–आफनो तरिकारले सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गरिरहेका छन् ।

जिल्लामा रहेका दशवटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले आफू अन्तरगत विद्यालयमा पठनपाठन सुरु गरिसकेका छन् भने ६ वटा स्थानीय तह विद्यालय सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् ।

सरकारले विद्यार्थी सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो । सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको पालिकाका शिक्षा प्रमुखहरुको भनाइ छ ।

पठनपाठन सञ्चालन गरिएका विद्यालयमा अनुगमन, सुझाव संकलनलगायतका गतिविधि समेत भइरहेका छन् । विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरुले विद्यार्थी अभिलेखीकरण, भौतिक संरचना व्यवस्थापन, आवश्यक मापदण्ड निर्माण, कार्ययोजना पेश लगायतका पुर्व तयारीहरु गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगिशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालय सञ्चालनमा छन । कति विद्यालयहरु सिकाइ केन्द्रको रुपमा समेत सञ्चालन भइरहेका छन । अन्य पालिका विद्यालय सञ्चालनको तयारीमा जुटेका हुन ।

विद्यालयमा आवश्यक मापदण्ड निर्धारण गरी नियमित कक्षा सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत चक्रबहादुर भण्डारीले बताए । सरकारको सिकाई निर्देशिका, स्थानीयपालिका अन्र्तगतका स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन सञ्चालन गरिएको छ । एउटा कक्षामा २० जना भन्दा बढि विद्यार्थीहरु भएमा सिफ्टका आधारमा पठनपाठन गर्नुपर्ने मापदण्ड बनाएर विद्यालय सञ्चालन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा ५० देखि १ सयजना विद्यार्थीहरु उपस्थित भएमा एक सिफ्ट, १ सय भन्दा बढी सँख्या भएमा दुई सिफ्ट र सो भन्दा बढी भएमा ३ सिफ्ट गरी पढाइ हुनेछ । यस्तै विद्यालय सञ्चालन भएसँगै मापदण्ड लागू गरिएको छ कि छैन, अवस्था कस्तो छ ? भनेर अनुगमन समेत गर्दै आएको उनले बताए ।

घोराही उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा पनि पठनपाठन सुरु भइसकेको छ । सरकारको निर्देशिका र विश्व स्वास्थय संगठनको मापदण्डभित्र रहेर विद्यालयहरु सञ्चालनमा ल्याइको घोराही उपमहानगरका शिक्षा शाखा प्रमुख विनोद गौतमले जानकारी दिए ।

विद्यार्थीहरुको सिकाई सहजीकरणका लागि समयतालिका अनुसार विद्यालय सञ्चालन गरिएको दंगिशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारी बताउछन । सामाजिक दुरी कायम गर्दै पठनपाठन सुरु गरेको उनको भनाइ छ । एक चरणमा ५० जना मात्र विद्यार्थीहरु राखेर पठनपाठन गराउनुपर्ने मापदण्ड अनुसार विद्यालय सञ्चालन भएका छन् ।

बंगलाचुली गाउँपालिकामा असोज २ गतेदेखि पठनपाठन सुरु भइसकेको छ । लामो समयम्म विद्यालय बन्द हुँदा विद्यार्थी मारमा परेको भन्दै सबै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको गाउँपालिकाका शिक्षा प्रमुख ओमप्रकाश केसीले जानकारी दिए । क्वारेन्टाइन सञ्चालन भएका कतिपय विद्यालयमा बढी समस्या रहेको भन्दै यसका लागि प्राविधिक टोली व्यवस्थापन र वडा शिक्षा समिति समेत निर्माण गरिसकेको बताए । जिल्लामा ४ सय २० सामुदायिक विद्यालय रहेका छन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome