मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

१० किलो अफिम सहित ३ जना पक्राउ

११ आश्विन, २०७७ १८:२२ मा प्रकाशित

743 पटक पढिएको

heroine seized

पोखरा – लागुऔषध नियन्त्रण ब्युरोको टोलिले साढे १० किलो लागुऔषध अफिम सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला पुर्वी रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका-१ बस्ने बर्ष ५० को गज पुन, सोही ठाउँका बर्ष ४० का चक्कर बहादुर पुन र गोरखा बारपाक सुलिकोट गाउँपालिका – ६ बस्ने बर्ष २४ को रबि गुरुङ्ग रहेक छन् ।

प्रहरीले उनिहरुलाई कास्की जिल्ला पोखरा महनगरपलिका – ६ स्कुल मार्गबाट पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो टोलिलाई प्राप्त विशेष सुचनाको अधारमा लागुऔषध अफिम र जोख्न प्रयोग हुने डिजिटल तराजु एक थान सहित पक्राउ गरेको हो ।

heroine seized

ब्युरो टोलिले आवश्यक कारवाहिको लागि पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कस्कीमा बुझाएको छ । उनिहरुमाथी लागुऔषध ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवन कुमार श्रेष्ठले बताउनु भएको छ ।

heroine seized

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome