आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

करिब एक लाख नगदसहित १३ जुवाडे पक्राउ

११ आश्विन, २०७७ १८:४७ मा प्रकाशित

533 पटक पढिएको

arrested illustration

कपिल शर्मा अधिकारी

दाङ – दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप महानगरपालिका वडा नं.६ मा रहेको भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

सुनारको घरको कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेली राखेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ तथा इलाका कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome