बुधबार, १२ कार्तिक २०७७
बुधबार, १२ कार्तिक २०७७

IT Training Nepal

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

१२ आश्विन, २०७७ ०७:२४ मा प्रकाशित

494 पटक पढिएको

accident grahic

बारा – बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरामा बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यलय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ अनुसार सिन्धुलीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ७२४२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा श्रीमान, श्रीमती र एक वर्षीय छोराको मृत्यु भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुर्घटनामा निजगढ नगरपालिका-१० बस्ने वर्ष नखुलेका तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती र १ वर्षीय छोरा अहानको मृत्यु भएको हो।

स्कुटरलाई ठक्कर दिएका बस चालक फरार छन्। उनको खोजी भइरहेको श्रेष्ठले बताए। शव शल्यपरीक्षणका लागि वीरगन्ज पठाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome