शुक्रबार, ७ कार्तिक २०७७
शुक्रबार, ७ कार्तिक २०७७

IT Training Nepal

म्यान्चेस्टर सिटी २-५ लिसेष्टर सिटी : ग्वार्डिओलाको करीअरकै सबैभन्दा खराब हार

१२ आश्विन, २०७७ ०८:०७ मा प्रकाशित

240 पटक पढिएको

leicester stuns manchester city 2020

काठमाडौं – जेमी भार्डीको ह्याट्रीकसँगै लिसेष्टर सिटीले ईंग्लिश प्रीमियर लिगमा म्यान्चेस्टर सिटीलाई २-५ ले स्तब्ध बनाएको छ ।

खेलको चौँथो मिनेटमै लिसेष्टर सिटीका पूर्व मिडफिल्डर रियाद माहरेजले म्यान्चेस्टर सिटीलाई अग्रता दिलाए पनि पाहुना टोलि लिसेष्टर सिटीका खेलाडीले उत्कृष्ट जवाफ फर्काए ।

खेलको ३७ औँ मिनेटमा काईल वाल्करले आफ्नै पेनाल्टी बक्समा भार्डीलाई फाउल गरेपछी पाएको पेनाल्टी मार्फत गोल गर्दै भार्डीले खेअलाई बराबरिमा ल्याए । दोश्रो हाफको ५३ औँ मिनेटमा टिमोथी क्यास्टेनको क्रसमा उत्कृष्ट फ्लिक गोल गरेकाअ भार्डीले ५८ औँ मिनेटमा फेरी अर्को पेनाल्टीसँगै आफ्नो ह्याट्रीक पुरा गरे ।

दोश्रो हाफमा मैदानमा छिरेका जेम्स म्याडिसनले ७७ औँ मिनेटमा डिबक्स बाहिरबाट अर्को उत्कृष्ट गोल गर्दै खेलालाई १-४ मा पुर्‍याए ।

पूर्व बर्नमाउथ डिफेन्डर नेथन एकेले खेललाई २-४ बनाएपनी ८८ औँ मिनेटमा लिसेष्टर सिटीले अर्को पेनाल्टी पायो । युरी टिएल्सम्यानले उक्त पेनाल्टी मार्फत गोल गर्दै पेप ग्वार्डिओलालाई उनको करीअरकै सबैभन्दा खराब हार बेहोर्न बाध्य बनाए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome