सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

४२१ स्थानीय तहमा इन्टरनेट सेवा पुगेको अध्यक्ष खनालको दाबी

२० फाल्गुन २०७६, मंगलवार २१:२६ मा प्रकाशित

809 Views पटक पढिएको

purushottam khanal nepal telecom

काठमाडौं, २० फागुन : नेपालका ४२१ स्थानीय तहमा इन्टरनेट सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दाबी गरेका छन्। मंगलबार प्राधिकरणको २२ औं वार्षिकोत्सवको विशेष कार्यक्रमलाई सम्बोधन अध्यक्ष खनालले यस्तो बताएका हुन्।

प्राधिकारणले मुलुक भरका स्थानीय तह, सामुदायिक स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालयबाट नागरिकलाई प्रादान गरिने सेवा सुविधामा सहजीकरण गर्न ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुर्योउने लक्ष्य लिएको उनको भनाइ छ। यसका लागि प्राधिकारणले १८ वटा प्याकेजमा विभाजन गरेर सेवा प्रदायक छनौट तथा सेवा विस्तार अघि बढाइसकेको अध्यक्ष खनालले बताए।

अहिलेसम्म ४२१ वटा स्थानीय तह, ३५ सय ३० वडा कार्यालय, २४ सय ८१ स्वास्थ्य केन्द्र र २८ सय ३९ सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच पुर्‍याइएको छ। चालु आवको अन्त्यसम्म करिब ८५ प्रतिशत कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting