सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

कोरोना निको पार्ने खोप कहिलेसम्म बन्ला ?

२३ फाल्गुन २०७६, शुक्रबार १८:११ मा प्रकाशित

882 Views पटक पढिएको

corona vaccine

काठमाडौं, २३ फागुन : विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा यसबाट जोगिने अनेक उपाय खोजिँदैछ ।

वैज्ञानिकहरु यसविरुद्धको खोपको परीक्षण गर्दैआएका छन् । बिबिसीका अनुसार वैज्ञानिकहरुले यस्तो खोपको विकास गरी जनावरमाथि परीक्षण गरिरहेका छन् । तर मानवमाथि नै परीक्षण गर्ने अवस्थामा उनीहरु पुगेका छैनन् । जनावरमाथिको परीक्षण सफल भएको खण्डमा मानिसमाथि परीक्षण गरिनेछ ।

जुन तत्काल सम्भव नभएको बताइन्छ । अमेरिकी उपराष्ट्रपतिले केही दिनअघि मात्रै अबको ६ महिनामा सम्भव हुने प्रतिक्रिया दिएका थिए । वैज्ञानिकहरुको पहल हेर्दा अबको ६ महिनासम्म पनि यो सम्भव छैन । बिबिसीको एक रिपोर्टले के देखाएको छ भने कोरोना भाइरस विरुद्धको खोप विकास भइसके पनि आम रुपमा प्रयोग गर्न ६ महिनामा पनि सम्भव हुनेछैन ।

जस अनुसार खोप २०२१ को मध्यतिर मात्रै उपलब्ध हुनसक्ने बताइन्छ । वैज्ञानिकहरुले यसको खोप विकास गर्दा अन्य खोप निर्माण गर्ने भन्दा भिन्न विधि अपनाएको पनि बिबिसीमा उल्लेख छ । यसको अनुवांशिक कोड थाहा पाएकाले खोप निर्माण गर्नसक्ने बताइएको छ । जुन कोडलाई अर्कै हानिरहित भाइरसमा राखी वैज्ञानिकहरुले परीक्षण गरिरहेका छन् ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting